न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

पाेखरा | माघ १९, २०८१

न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

पोखरा:    टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइलन यात्रा तय गरेको हो ।


पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फायलन यात्रा सुरक्षित ग¥यो । 


टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपीएफसँग खेल्नेछ । पराजित भएको न्यू डायमण्ड तेस्रो बनेको छ । 


तेस्रो बनेको न्यू डायमण्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो ।


अब पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । उक्त खे साढे १ बजेबाट सुरु हुने तालिका छ । यो खेलको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ ।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्